दैलेख / पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न तीन जना जेल चलान भएका छन् ।
जिल्ला अदालत दैलेखले थापाको हत्यामा संलग्न तीन जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
जिल्ला अदालतले आइतबार थापाको हत्याको योजनाकार भनी आरोप लागेका बमबहादुर थापा (अरुण) सहित बमबहादुर खड्का (मुक्ति) र केशव खड्कालाई २० वर्षको कैद सजाय सुनाएको स्रेस्तेदार इन्द्रबहादुर कार्कीले बताए ।
आरोपितमध्ये अर्का भक्तिराम लामिछानेलाई भने तीन वर्षको कैद सजाय भएको छ ।