भरतपुर / पूजा गर्न मन्दिर गएका एक वृद्धको दुई दिनपछि शव भेटिएको छ ।
मंसिर २२ गते बिहान सीतामाई मन्दिरमा पूजा गर्न गएका ६६ वर्षीय दिल्लीराज सुवेदी शुक्रबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
भरतपुर १३ गंगानगरका सुवेदीको स्थानीय बेलसर मध्यवर्ती सामुदायिक वनमा टुक्रा(टुक्रा भएको अवस्थामा शव फेला परेको अधिकारीले बताए । उनले लगाएको कपडा, दाहिने खुट्टाको पैतालाको भाग र टाउको जंगली जनावरले खाएको जस्तो अवस्थामा फेला परेको बताए ।
वन क्षेत्रमै रहेको मन्दिर गएका सुवेदीलाई बाघले आक्रमण गरेको आशंका स्थानीयको छ ।
सोही वनमा गत वर्ष पनि बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।