बिर्तामोड /  नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले अमेजको फेसलिफ्ट मोडल नेपाल ल्याएको छ । भारतीय बजारमा एमएमसी अमेज नामबाट उत्पादन विक्री हुँदै आएको नयाँ अमेज स्टाईल, पर्फमेन्स र सुरक्षाको अब्बल कम्बीनेशमा उत्पादन भएको हो ।

नयाँ एमेज २०२१ मा गाइड लाइन सहितको रियर मल्टीभियू क्यामेरा, ग्लोवल एनक्यापमा ४ स्टार सेफ्टी रेटिङ्ग, ७ स्पीड सिभीटी गियरबक्स पाउन सकिन्छ । डिजेल पेट्रोल दुबै इन्जिन अप्सनमा यो नेपाली ग्राहकले खरिद गर्न सक्ने छन् । यसमा १.२ लिटर आई(भिटीइसी पेट्रोल र १.५ लिटर आई(डिटीइसी डिजेल इन्जिन दिइएको छ । पेट्रोल इन्जिनले अधिकतम ९० पीएस पावर र डिजेल इन्जिनले १०० पीएस पावर प्रदान गर्छ ।

OM Sai Pathibhara Hospital

अटोमेटीक हेडल्याम्प, सि आकारको एलइडी लाइटको समिश्रण र स्लीक फ्रन्ट ग्रिलले अमेजलाई फ्रेस देखाएको छ । अहिले यसलाई कम्पनीले दुई भेरियन्टमा म्यानुयल र दुई भेरियन्टमा सिभीटी गियरबक्समा उपलब्ध गराएको छ । नयाँ अमेज एस म्यानुयलको मूल्य ४० लाख २३ हजार र सिभीटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी अर्को भेरियन्ट भिएक्स म्यानुयलको मूल्य ४५ लाख ८७ हजार भिएक्स सिभीटीको ५० लाख २९ हजार रुपैयाँ कायम गरेर विक्री सुरु गरेको छ । यी दुबै भेरियन्ट पेट्रोल इन्जिन भएका हुन् ।