बच्चा जन्मिएको ६ महिनादेखि ९ महिनामा पहिलो दाँत देखिन्छ। बच्चा साढे २ वर्ष पुग्दा २० वटा दाँत आइसक्छन् ।

बच्चा २ देखि ६ वर्षसम्मको पुग्दा स्थायी दाँत दुई वटा थपिन्छ । १२ वर्ष पुग्दा उसको सबै दुधे दात फेरिएर स्थायी दाँतसहित २४ वटा दाँत मुखमा देखिन्छ । १५ देखि २५ वर्षसम्म बच्चाको सबै दाँत आइसक्छन् ।

OM Sai Pathibhara Hospital

२५ वर्षपछि नयाँ दात आउँदैन। अहिले बालबालिकामा दाँतको समस्या धेरै देखिन थालेको छ। बालबालिकाको दाँतमा अभिभावकले खासै चासो देखाएको पाइँदैन । जंक फुड, चकलेट, चाउचाउले बच्चाको दाँतमा समस्या देखिएको छ ।

दाँत माझ्ने कुरामासमेत अभिभावक र शिक्षकले खासै ध्यान दिएको हुन्न । अहिले सर्वे गर्ने हो भने १० मा झण्डै ९ जना बालबालिकाको दाँत किराले खाने समस्या छ ।

बच्चाको दाँत आउन ६ महिनादेखि सुरू हुन्छ। कहिलेकाही दाँत आउने क्रममा बिभिन्न समस्या देखिन्छन्। गिजा छेडेर आउने भएकाले ज्वरो आउने, बान्ता हुने र पखाला चल्ने हुन्छ । यसलाई सामान्य रूपमा लिनुपर्छ । १० मध्ये १ बच्चामा यस्तो समस्या देखिन्छ। यो विस्तारै ठीक हुन्छ।

दाँत कुहिएमा, समयभन्दा पहिला झिकेमा अन्तैबाट दाँत आउँछ।

समयमै बच्चाको दाँत परीक्षण गर्नुपर्छ । जे आवश्यकता छ त्यसलाई आधार बनाएर उपचार गर्नुपर्छ। दाँत झर्ने र आउने एउटा निश्चित समय हुन्छ । कुनै कुनै बेला आउने समयमा आइरहेको छ, तर झर्ने समयमा दाँत नझर्न पनि सक्छ । समयभन्दा अघिनै दाँत निकालेमा यस्तो समस्या हुन्छ। त्यस्तो भएमा नयाँ दात त्यो ठाउँमा आउन सक्दैन ।

बच्चालाई २ देखि साढे २ वर्षमा परीक्षण गर्न सकियो भने दाँतको संक्रमणबाट जोगिन सकिन्छ । 

सरकारले पनि स्वास्थ्य र शिक्षा मन्त्रालयमार्फत विभिन्न जनचेतना फैलाउन सक्छ । यसबारेमा पाठ्यक्रममै राख्न सकिन्छ । आमा समूह, महिला स्ववयसेवीकाले पनि जनचेतना दिन सक्छन् । हाम्रो जस्तो मुलुकका लागि दाँतको रोकथामनै महत्वपुर्ण हो।किनकि, दाँतको उपचार महंगो छ ।

दिनमा दुई पटक दाँत माझ्न सकियो भने यसलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।

जब बालबालिकाले चपाएर खान सुरू गर्छन् त्यसपछि धेरै समस्या आउँछ। ५ देखि ७ वर्षका बालबालिकामा सबैभन्दा धेरै समस्या हुन्छ। यसले शारीरिक मात्रै होइन मानसिक रूपमा समेत समस्या पार्छ ।

बालबालिकाले चपाएर खान सक्दैनन् । जसले गर्दा उसको शरीरमा पौष्टिक तत्व पर्याप्त हुँदैन । त्यो सँगै मानसिक समस्या पनि उसलाई पर्छ । दैनिक बिहान बेलुका दाँत सफा गर्नुपर्छ । बिहानभन्दा पनि बेलुका माझ्नुपर्छ । यस्तो गर्न सकेमा अहिलेको समस्यालाई ५० प्रतिशत कम गर्न सकिन्छ ।