बिर्तामोड  / टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले ‘यसपालीको दशैं तिहार, टाटाका सेफेस्ट कार’ ट्यागलाइन सहित ग्राहक लक्षीत स्कीम सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्नो कार किन्ने ग्राहकलाई २ लाखसम्म नगद छुट, आकर्षक एक्स्चेन्ज अफर, निःशुल्क जेनुइन एसोशरिज, निःशुल्क स्वामित्व ट्रान्सफर सुविधा, १ वर्षको वार्षिक कर, डेलिभरी लिँदा स्पेशल गिफ्ट ह्याम्पर, ३ वर्षको वारेन्टी र निःशुल्क सर्भिस सेवा उपलब्ध गराउने भएको हो ।

OM Sai Pathibhara Hospital

टाटाले अहिले नेपाली बजारमा टियागो, टिगोर, नेक्सन, अल्ट्रोज, एच फाइभ र सफारी मोडल विक्री वितरण गर्दै आएको छ । कम्पनीले आफ्नो इलेक्ट्रीक कार बुकिङ गर्ने ग्राहकलाई भने कुनै स्कीम दिएको छैन ।