बिर्तामोड / सरकारले शुक्रबार ल्याएको प्रतिस्थापन विधेयकले मोटरसाइकलको अन्त शुल्क बढाएको छ । सरकारले १ सय सीसी देखी २सय सीसी सम्मको मोटरसाइकलमा १० प्रतिशत अन्त शुल्क वृद्धि गरेको हो । 

सरकारले नेपालमा बन्ने दुई पाङ्ग्रे, चार पाङ्ग्रे र सार्वजनिक यातायात निर्माण कम्पनीले आयात गर्ने एसेम्बल किटमा ५० प्रतिशत अन्त शुल्क छुट दिने निर्णय गरेको छ । 

OM Sai Pathibhara Hospital

सरकारले बढाएको अन्तःशुल्कको कारण मोटरसाइकलको मूल्य बढ्ने भएको छ । यसअघि २५० सीसीसम्मका मोटरसाइकलमा लाग्दै आएको ४० प्रतिशत अन्तःशुल्क अहिले ६० प्रतिशतसम्म पुगेको छ ।

१२५ सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत र २०१ देखि दुई सय ५० सीसीको मोटरसाइकलमा ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेबाट मोटरसाइकलको मूल्य बढ्ने निश्चित भएको हो ।