बिर्तामोड / एप्पलले सन् २०२४ मा आफ्नो पहिलो गाडी ‘एप्पल कार’ सार्वजनिक गर्ने भएको छ।  एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ। 

योभन्दा अघि ‘एप्पल कार’ अमेरिकास्थित हुन्डाई कम्पनीले उत्पादन गर्ने हल्ला भएपनि हालै सार्वाजनिक भएको एक रिपोर्टका अनुसार एप्पल अहिले एसियाका गाडी आपूर्तिकर्ताहरुसँग कुराकानी गरिरहेका छन्। यसको उत्पादन कम्पनीले कोरिया र जापानमा गर्नेछ। 

OM Sai Pathibhara Hospital

हाल प्रोसेसरको अभावको कारण स्मार्टफोन कम्पनीहरूले पनि नयाँ उत्पादन बनाउन नसकेको बेला ‘एप्पल कार’ उत्पादन गर्न कम्पनीलाई चुनौती हुनसक्नेछ । यसका लागि एप्पल कार कम्पोनेन्ट निर्माताहरूएसेम्बलहरु भ्रमण गरिरहेको एप्पल इन्साइडरको भनाइ छ।