विराटनगर / सुनसरीको इटहरीमा नेपालकै सबैभन्दा ठुलो सुपर स्टोर शनिबारदेखि सञ्चालनमा आएको छ । इटहरी चौकभन्दा ४ किलोमिटर पश्चिममा पर्ने लबीपुरमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।

३५ कट्ठा जमिनसहित इटहरीको भाटभटेनीको लगानी ३ अर्ब पुगेको सञ्चालक गुरुङले बताएका छन् । भाटभटेनीले यस ठाउँलाई मनोरञ्जनस्थल सहितको किनमेलको केन्द्र बनाएको छ। उद्घाटनका अवसरमा भाटभटेनीले अल्कोहल र निकोटिन ग्रुपका बाहेक सबै मालसामानमा १० प्रतिशत र इलेक्ट्रोनिक आइटममा २० प्रतिशतसम्म छुट दिइने छ । 

OM Sai Pathibhara Hospital

इटहरीको भाटभटेनीका ए, बी र सी ब्लक नामकरण गरिएका ३ वटा छुट्टाछुट्टै भवन छन्। प्रत्येक ब्लकमा बेसमेन्ट सहित ७ तला छन्। बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र यसमा ५ सय गाडी पार्किङ क्षमता छ। मनोरञ्जनका लागि भुइँतलामा ८ सय वर्गफिटका ३ वटा फाउन्टेनको निर्माण गरिएको छ।

२०७७ माघसम्ममा सञ्चालनमा ल्याइसक्ने योजना रहेको भाटभटेनी कोरोना महामारीको कारण प्रोजेक्ट ढिलो भएको गुरुङले बताएका छन् ।