बिर्तामोड / यामाहा स्कुटर तथा मोटरसाइकलको नेपालको लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेनले दशैँ अफर सार्वजनिक गरेको छ । ग्राहकले नगद छुटदेखि १२ तोला सुनसम्म जित्न सक्ने गरी कम्पनीले ‘रेस फर दि एस’ नामक दशैं अफर ल्याएको हो । 

दशैँ स्कीम अन्तर्गत यामाहाको कुनैपनि मोटरसाइकल तथा स्कुटरको खरिदमा ग्राहकले नगद ८ हजारदेखि १ लाख रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै लक्की ड्र मार्फत हरेक हप्ता एक जनाले ४ तोला सुनको तास जित्न सक्नेछन् । त्यसैगरी बम्परमा एकजना ग्राहकले ४ तोला सुनको तीन ओटा तार जित्ने मौका रहेको छ ।

OM Sai Pathibhara Hospital

यामाहाले नेपाली बजारमा एफजेड सिरिज, एसजेडआरआर, एक्स्टीजेड सिरिज, एमटी १५, आर१५ भर्सन ३, सलुटो, आर ३ र बिग बाइक सेग्मेन्टका मोटरसाइकल विक्री गर्दै अएको छ । त्यस्तै स्कुटरतर्फ फसिनो, रेजेडआरएनम्याक्स विक्री गर्दै आएको छ ।