बिर्तामोड (मेरोअटो) महिन्द्राको नयाँ एसयूभी ‘एक्सयूभी-७००’ मा थुप्रै हाइटेक फिचर पाउन सकिन्छ । कम्पनीले ‘एड्रिनोएक्स’ कनेक्ट फिचरको साथमा एक्सयूभी ७०० लाई बजारमा ल्याएकोले यसमा ग्राहकले नयाँ फिचरको प्रयोग गर्न पाउने छन् ।

बोस्च इन्डियाले उत्पादन गरेको यो सिस्टम निकै नविनतम्, लोभलाग्दो र प्रयोग गर्न सजिलो रहेको महिन्द्राले दावी गरेको छ । एक्सयूभी ७०० दशैँअघि नै नेपाल ल्याउने तयारी भइरहेको छ ।

OM Sai Pathibhara Hospital

एड्रिनोएक्स कनेक्ट सिस्टमको कारण यसमा थुप्रै यूनिक सुरक्षा फिचरहरु उपलब्ध रहेको महिन्द्राको दावी छ । यही सिस्टमको कारण चालकलाई सधै सजग गराउन मद्दत पुग्ने छ । यदि चालक निदाउन लागेको छ भने पनि सिस्टमले उसलाई निर्देश गर्नेछ ।

उच्च गतिमा गाडी गुडाउन पनि यो सिस्टमले चालकलाई दिने छैन । बोस्चले चालकलाई निन्द्रा लागेको पत्ता लगाउने प्रविधि प्रयोग गरेको यो सेग्मेन्टमा नै पहिलो एसयूभी भएको जनाएको छ । उक्त सिस्टमले चालकको बानी व्योहोरालाई राम्रोसँग विष्लेषण गरेर बेला बखतमा वार्निङ गरिरहने छ ।

यात्रालाई आरामदायी र मनोरन्जनात्मक बनाउन मोवाइल कनेक्ट, सिमकार्ड बिनाको नेभिगेशन, रिमोर्ट स्टार्टरस्टप, क्लाइमेट कन्ट्रोल, रिमोर्ट विन्डो कन्ट्रोल, मोवाइल एप र स्मार्टवाचवाट भेहिकल कन्ट्रोल जस्ता फिचर पनि यसमा समावेस भएका छन् ।

कनेक्ट कार फिचरको सहायतले यसको इन्फोटेन्टमेन्ट सिस्टममा नै न्यूज, राशीफल, मौसम, आफु हिडिरहेको एरियाको विषयमा जानकारी पाउन सकिन्छ । यी सबै फिचर नेपाली सडकमा चल्छन् वा चल्दैनन् भन्ने विषय अहिले एकिन भएको छैन ।