बिर्तामोड (मेरोअटो) आउँदै गरेको चाडपर्वलाई केन्द्रित गरेर डाट्सनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले  ‘ड्याटसन फेस्टिभ हट डील’ योजना ल्याएको छ । 

डाट्सनले अहिले नेपाली बजारमा दुई मोडलका तीन भेरियन्टको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले रेडी गोलाई म्यानुयल र एएमटी दुई भेरियन्ट तथा डाट्सन गो मोडल बिक्री गर्दै आएको हो ।

OM Sai Pathibhara Hospital

पायोनियर मोटोकर्पले बिक्री गर्ने रेडी गो सबैभन्दा कम मूल्यको ह्याचव्याक कार हो । यसको मूल्य २४ लाख ४९ हजार रुपैयाँ रहेको छ । रेडी गोको एएमटी मोडलको मूल्य २५ लाख ९९ हजार र गो मोडलको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले ल्याएको स्कीममा डाट्सनका कुनैपनि गाडी किन्ने ग्राहकले १ लाख २५ हजार रुपैयाँसम्म नगद छुट पाउने छन् भने रेडमी नोट १० एस मोबाइल पनि उपहार स्वरुप पाउने छन् ।

साथै, कम्पनीले ग्राहकलाई एक वर्षको बीमा शुल्क, वार्षिक कर र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । समग्रमा चाडपर्वमा गाडी किन्ने ग्राहकले २ लाख ४ हजार रुपैयाँ बराबरको छुट पाउने कम्पनीले जनाएको छ ।