बिर्तामोड / होन्डा कम्पनीको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने भएको छ । कम्पनीले सूचना निकालेर भाद्र ७ गते देखि मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि हुने जानकारी गराएको हो ।  

हाल कम्पनीले हरेक मोटरसाइकल तथा स्कुटरमा नगद ४ हजार ५०० रुपैयाँ छुट दिँदै आएको छ । यस अनुसार होन्डाले आफ्ना सबै मोडलमा ७ देखी ८ हजार रुपैयाँसम्म मूल्य वृद्धि गर्ने अनुमान गर्न सकिन्छ । यस्तै होन्डाले हालै मात्र सार्वजनिक गरेको होन्डा सिबी हाइनेसमा २५ हजार र सिबी ३५० आरएसमा ३५ हजार नगद छुट दिँदै आएको छ ।

OM Sai Pathibhara Hospital

कम्पनीले मूल्य वृद्धि हुनु अघि नै होन्डाको बाइक तथा स्कुटर किनेर १२ हजार ५०० सम्म बचत गर्न सकिने बताएको छ ।