बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिकामा नगर भित्रका विभिन्न विधालयहरुको अगुवाईमा तालावन्दी गरिएको छ । राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गतको रकम विधालयहरुले भुक्तानी नपाएपछि नगरपालिकामा तालावन्दी गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगर क्षेत्रका १५ वटा विधलायले न्यूनतम साढे ६ लाखदेखी ३६ लाखसम्म बजेट प्राप्त गरेका थिए । भवन निर्माण र प्रविधि व्यवस्थापन गर्न सो कार्यक्रमबाट करोडौं रुपैयाँ नगरपालिकामा पठाइएको थियो ।विधालयहरुले सम्झौता बमोजिम काम सके पनि नगरपालिकाले भुक्तानी नदिएको विधालय प्रशासनको आरोप छ ।
रकमको सुनिश्चितता गर्न आलटाल गरेका कारण तालावन्दी गरिएको शनिश्चरे माविका शिक्षक पुण्य सुवेदीले जानकारी दिए । उनले नगरपालिकालको कमजोरीले भुक्तानी हुन नसकेको बताए । २÷४ विधालय बाहेक अधिकांश विधालयले राष्ट्रपति शैक्षिक कार्यक्रम अन्तर्गतको रकम भुक्तानी नपाएको बुझिएको छ ।