बिर्तामोड / आज नेपालमा थप ८ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा ८ हजार ३८७ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा ६३० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । एन्टिजेन परीक्षणबाट २४९ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा हालसम्म कोरोना भाइरसको संत्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ भने अहिले सम्म ४ लाख ४ हजार ८ सय ८७ जना संक्रमण मुक्त भएका सो मन्त्रालयले जनाएको छ । 

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। 

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १ सय ६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।