बिर्तामोड / आज थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । 

OM Sai Pathibhara Hospital

पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। 

सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।