काठमाडौं / साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।

उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ । हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उनी केही वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् ।

OM Sai Pathibhara Hospital

उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् । उनले निर्बन्ध, कारागार र शब्दातीत शान्तनुजस्ता साहित्यिक कृति लेखेकी छिन् । कारागार उनको निकै प्रशिद्ध उपन्यास हो ।