काठमाण्डौ / प्रहरीले स्वास्थ्यमा नै हानि पुर्याउने खालका स्यानिटाइजर  ‘प्लस ७५’ उत्पादन गर्दै आएका राजधानीका तिन उध्योगमा एक साथ छापा मारेको छ । राजधानीको सातदोबाटो, त्रिपुरेश्वर र क्षेत्रपाटी स्थित स्यानिटाइजर उध्योगका उत्पादन केन्द्रमा नेपाल प्रहरीको अपराध महाशाखाले छापा मारेको हो ।

गुणस्तरहिन स्यानिटाइजर उत्पादन गर्दै आएको उध्योगको सातदोबाटोस्थित मुख्य कारखाना र सोहि उध्योगका अन्य दुईवटा उत्पादन शाखामा छापा मारेको प्रहरीको अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

प्रहरीले उध्योगमा छापा मार्ने क्रममा केहि व्यक्तिलाई पक्राउ गरेको छ भने सो उध्योग र गोदाम सिल समेत गरेको छ । एसएसपी खापुङले छापा मारिएको उध्योग दर्ता समेत नरहेको प्रारम्भिक अनुशन्धानका क्रममा खुलेको छ ।