बिर्तामोड /  प्रतिनिधिसभाका निवर्तमान सांसद एलपी साँवा लिम्बूले झापामा १५ लाख बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएका छन् । 

नेकपा (एमाले)का प्रदेश नं. १ कमिटीका सदस्य साँवाको पहलमा उपलब्ध भएको स्वास्थ्य सामाग्री शनिबार कनकाइमा कार्यक्रमबीच मेची प्रादेशिकक अस्पताल भद्रपुर, स्वास्थ्य कार्यालय झापा, कनकाइ नगरपालिकाको कोरोना अस्पताल र शिवशताक्षी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  

OM Sai Pathibhara Hospital

अक्सिजन सिलिण्डर, पिपिसेट, सर्जिकल मास्क, अक्सोमिटर,  स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्री साँवाका स्वकीय सचिव सिक्किम पास्वानले सम्बन्धित निकायलाई हस्तान्तरण गरेका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरबाट सांसद साँवाको पहलमा स्वास्थ्य सामग्रीको व्यवस्थापन भएको बताइएको छ । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य मिलन कट्टेलको अगुवाइमा स्वास्थ्य सामग्री झापा ल्याइएको हो ।