बिर्तामोड  पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बास्कोटालाई पितृशोक परेको छ ।


बास्कोटाका पिता हरिप्रसाद बास्कोटाको ९४ वर्षको उमेरमा मंगलवार आफ्नै निवासमा निधन भएको हो । काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै उनको निधन भएको हो ।


उनका चार छोरा र तीन छोरी रहेका छन् ।