काठमाडौं / सरकार र नेकपाको विप्लव समूहबीच औपचारिक वार्ता सुरु भएको छ । हिंजो मात्रै वार्ता टोली बनाएका दुवै पक्षबिच आज विहान औपचारीक वार्ता भएको हो । विहान सबेरै प्रधानमन्त्री निवास वालुवाटारमा भएको भनिएको वार्ता करिव ४ घण्टा भएको बताईएको छ । 

विहान भएको वार्तालाई दुबै पक्षले पहिलो वार्ता भनेका छन् । विप्लव निकट स्रोतले आज बुधवार भएको वार्ता फेरि बस्ने गरी सकीएको जनाएको छ । दोस्रो चरणको वार्ताको मिति भने आपसी समझदारीमा तय गरिने जनाएको छ । 

वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको वताईए पनि वार्ताका विषयमा ठोस कुरा भने सरकार र विप्लव समुहले सार्वजनिक गरेका छैनन् ।