बिर्तामोड । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशनआह्वान गरेका छन् ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा बैठक आह्वान गर्न सिफारिस गरेपछि राष्ट्रपतिले आह्वान गरेका हुन् ।
प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएपछि सोहीअनुसार राष्ट्रपतिद्धारा फागुन २३ गते ४ बजेका लागि अधिवेशन आह्वान गिरएको हो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको थियो । सोही अनुसार सरकारले प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफासिर गरेको हो ।