बिर्तामोड / नेकपाको केपी शर्मा ओली समुहकी महिला नेतृ लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेकी छन् । उनी सवार स्कुटरबाट प्रहरीले चेकजाँचको क्रममा ब्राउन सुगर फेला परेपछि पक्राउ गरेको हो ।

पक्राउ पर्ने ओली समुहकी नेतृ तुलसा पोख्रेल उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलकी पत्नी समेत रहेको प्रहरीले जानकारी गराएको छ ।  

OM Sai Pathibhara Hospital

उनलाई प्रहरीले दिउँसो तुलसीपुरबाट पक्राउ गरेको बताईएको छ । पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । पक्राउ परेकी तुलसा नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहकी जिल्ला सदस्य समेत हुन् ।

प्रहरीका अनुसार तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर भेटिएको हो ।

दाङका डीएसपी मुकुन्द रिजालले २२।२ ग्राम ब्राउन सुगर बरामद भएको जानकारी गराएका छन् ।