काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहसँग शर्त अघि सारेको छ । प्रचण्ड–माधव समूहले प्रतिपक्ष दलहरुसँगको छलफललाई तीव्रता दिने क्रममा आज जसपाका नेताहरुसँग छलफल गरेका हुन् ।

 नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वयले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठसँगको छलफलमा शर्त आएको छ ।

OM Sai Pathibhara Hospital

जसपाका नेताहरुले संविधान संशोधन, रेशम चाौधरीको रिहाइ लगायतका शर्तहरु अघि सारेका छन् । जसपाका नेता राजेन्द्र श्रेष्ठले छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको जानकारी दिए । जसपासँग ३४ सांसद रहेका छन् । त्यसमध्ये एक जना निलम्बनमा छन् ।