काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेपछि नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ ।

बुधबार शान्तिबाटीकामा भेला भएका समूहका नेता तथा कार्यकर्ताले विजय जुलुससहित नगर परिक्रमा गरेका छन् । जुलुसमा नेताहरु अमृत कुमार बोहोरा, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ लगायत सहभागी छन् । र्याली रत्नपार्कबाट सुरु भएर जमल, घण्टाघर, बागबजार हुँदै पुनः रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर सभामा परिणत भएको छ ।

OM Sai Pathibhara Hospital

मंगलबार सर्वोच्च अदालतले प्रतिनिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चको यो फैसलापछि उत्साहित नेकपाको सो पक्षले बुधबार देशैभर विजय जुलुस निकालेको हो । आजको सभालाई नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दैछन् ।