भद्रपुर/ भद्रपुर छोटी भन्सारबाट मुल भन्सारमा स्तरोन्नति भएको तीन वर्ष भइसकेपनि व्यापारी जाने वातावरणमा सुधार नभएका कारण भद्रपुर भन्सार कार्यालय ओझेलमा पर्दै गएको सरोकारवालाहरुले गुनासो गरेका छन् । 

६९ औँ अन्र्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भद्रपुर भन्सारले मङ्लबार विहान आयोजना गरेको कार्यक्रममा  वक्ताहरुले यस्तो गुनासा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

बल्ल तल्ल भन्सारमा आएका व्यापारीले भन्सार राजस्व तिरेर सामान भन्सार पास भएपनि गन्तव्य स्थलमा नै नपुगी प्रहरी,प्रशासन लगायत सम्बन्धित निकायले सामान रोकेर व्यारीमाथि हस्तछेप गर्ने क्रम मौलाएर गएकोले भन्सार भएर सामान आउन समस्या भएको झापा उद्योग वाणिज्य सङ्धका अध्यक्ष नवराज पनेरुले आरोप लगाए ।

यस्ता समस्याले गर्दा भन्सार देखी सम्बन्धित निकाय समेत मिडियामा बदनाम हुनु परेको उनको भनाइ थियो । कोभिड–१९ को कारण देखाउँदै आवत– जावतमा बन्द गरिएको भद्रपुर मेची पुल नाका पुलमा मात्र बन्द भएको तर दायाँवायाँ आवत जावत खुला भएकोमा अनभिज्ञता प्रकट गरेका थिए । तत्काल नाका खुला गर्न उनले प्रशासन समक्ष अनुरोध गरेका थिए । 

 भौतिक पूर्वाधारको अभावका कारण भद्रपुर भन्सारमा सामान आउने क्रम बढन नसकेकोले सडक र भन्सारले अधिग्रहण गरेको जग्गाको तत्काल समाधान गर्नु पर्ने नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकालले बताए ।

अनाहकमा प्रहरीले व्यापारीलाइ दुःख दिने गरेकोले अब सच्चिएर जान समेत उनले सुझाव दिए । बन्द गरिएको नाका खुलाउने विषयमा नेपाल सरकारलाइ लिखित जानकारी गराइसकिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले बताए ।

आउँदो फागुन सम्म यसको समाधान हुनसक्ने उनले आश्वासन दिलाएका थिए । व्यापारीले भन्सार छलेर सामान नलैजाने र भन्सार तथा प्रहरी प्रशासनले पनि व्यापारीलाइ दुःख नदिने वातावरण तत्काल बनाइनु पर्ने भद्रपुर नगरका मेयर तथा कार्यक्रमका प्रमुख अतिथी जीवनकुमार श्रेष्ठले सुझाव दिए ।

छोटीबाट मूलमा परिणत गराउने विषयमा जनप्रतिनिधिको पहिलो हात भएकोले त्यसलाइ टिकाइ राख्न समन्वय जरुरी रहेको उनको भनाइ थियो । 

कार्यक्रममा भन्सार विभागले भद्रपुर भन्सारमा कार्यरत कम्युटर अपरेटर जगदिश्वर काफ्ले र भद्रपुरले मुखिया रविलाल सिंह राजवंशीलाइ उत्कृष्ट कर्मचारीमा सम्मान गरेको थियो ।

भन्सार प्रमुख प्रमोद पौडेलको सभापतित्वमा भएको कार्यक्रममा नायव सुब्बा नानुका पोखरेलले स्वागत र  लेखापाल दिवीचरण भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा उद्योगी व्यापारी,प्रहरी प्रशासन, भारत स्थित गलगलियाका कस्टम कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।