स्वास्थ्य

    Showing 821-830 of 2,504 items.
  • बाँकेका तीन स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

    नेपालगञ्ज । बाँकेका केही स्थानीय तहहरु हात्तीपाइले रोगको जोखिममा छन् । जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए ।सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भएपनि जिल्लामा सङ्क्रमित भेटिने क्रम अन्त्य नभएको उनको भनाइ छ । सन् २००३ देखि सुरु भएको औषधि सेवन अभि

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 275 पटक पढिएको
  • ९९ वर्षमा आँखाको ज्योति फर्किएपछि ...

    काठमाडौँ । पर्वत–४ की ९९ बर्षीय विष्णुमति दमाईको खुसीको कुनै सीमा छैन ।  दुई वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।उनले मोतिबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुबै आँखाको दृष्टि गुमाउनु परेको थियो ।  उनले कुश्मामा सञ्चालन गरिएको निःशुल्क शल्यक्रिया शिविरमा शल्यक्रिया पछि पुनःसंसार देख्न पाएकी हुन् ।उनले भनिन्, ‘सात–आठ वर्ष अगाडिदेखि आँखाले  धुमिल देख्न थालेको थियो । दुई वर्षदेखि पूरै केही देख्नै नसक्ने भए । मलाई विहान बेलुकीको छाक टार्न पनि मुश्किल पर्छ ।’ उसो त उनको छोराछोरी कोही नभएकाले हेरचाह न

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 295 पटक पढिएको
  • पूर्वाञ्चल क्यान्सर अस्पतालमा सार्कस्तरीय ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन’

    झापा । दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागितामा शुक्रवार यहाँ ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ सुरु भएको छ ।विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा आयोजित तीन दिवसीय सम्मेलनको उद्घाटनअवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राडा मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताए ।क्यान्सर उपचारमा नयाँ ज्ञान र प्रविधिको हस्तान्तरण गर्न यस्ता सम्मेलनबाट योगदान पुग्ने उनले बताए । उनले क्यान्सर ‘जित्न सकिने

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 447 पटक पढिएको
  • गर्भवती महिलाका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउण्ड’ सेवा

    सिरहा । सिरहाको गोलबजार नगरपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ‘ग्रामीण अल्ट्रासाउंण्ड’ सेवा बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । नगरप्रमुख श्यामकुमार श्रेष्ठले एक कार्यक्रमबीच सेवा उद्घाटन गर्दै नगरपालिकाले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले यो सुविधा उपलब्ध गराएको बताए ।‘गाउँमै स्वास्थ्य सुविधा सहज बनाउन नगरपालिकाले विभिन्न योजना कार्यान्वयन गरिरहेको छ । त्यसैअन्तर्गत यो सेवा सञ्चालनमा ल्याइएको हो’, नगरप्रमुख श्रेष्ठले भने, ‘अब गर्भवती महिलालाई अल्ट्रासाउन्ड गर्न टाढा जानु पर्दैन ।’ यो सेवाले मातृ तथा शिशु मृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्य

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 281 पटक पढिएको
  • गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

    गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्वस्वास्थ्य सङ्गठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुुरु गर्दै विश्वस्वास्थ्य सङ्गठन नेपालका डा गोकोटना

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 403 पटक पढिएको
  • अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

    जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले आज विभिन्न अस्पतालको अनुगमन गरेको छ ।केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन

    • प्रकाशित मितिः फागुन १, २०८१
    • 260 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने

    काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ ।गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो ।‘हामीले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना अन्र्तगत अभियान थालिएको हो,’ मन्

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 316 पटक पढिएको
  • आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

    काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिणपूर्व एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद ज्ञापन गरेको छ । कार्यालयले आज जारी गरेको विज्ञप्तिमा कोषमा नेपालले रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) योगदान गरेकामा नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई धन्यवाद ज्ञापन गरेको हो । डब्लुएचओका सदस्य राष्ट्रहरूलाई स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यका लागि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना भएको हो ।थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र हो

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 309 पटक पढिएको
  • ‘निःशुल्क उपचारको दुरूपयोग हुन नदिनुहोला’

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कीर्तिपुर अस्पतालको बर्न वार्डमा जलनपीडितहरूको उपचार अवस्थाबारे जानकारी लिएका छन् । उनले काठमाडौँ–२८ कमलपोखरीस्थित एक मःमः आउटलेटमा आगलागी हुँदा जलेर घाइते भएका बिरामीको उपचार अवस्थाबारे आज जानकारी लिएका हुन् ।मन्त्री पौडेलले अस्पतालका अधिकारीहरूसँग निःशुल्क उपचार सेवा आवश्यक पर्नेलाई मात्र दिनुपर्नेमा जोड दिए । ‘सरकारले आर्थिक अभावमा कोही पनि जलन प्रभावितले उपचार नपाउने अवस्था रोक्न हामीले नसक्नेलाई निःशुल्क उपचार व्यवस्था गरेका हौँ’, मन्त्री पौडेलले भने, ‘सुविधाको सदुपयोग भएको निश्चित गर्नुहोला, दुरूपयोग हुन नदिनुहोला ।’मन्त्री पौडेलले

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 436 पटक पढिएको
  • विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

    झापा । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।आर्थिक वर्ष २०८०÷८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । ‘सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्’, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।’वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 366 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.