स्वास्थ्य

    Showing 821-830 of 2,138 items.
  • साङ्लोमा बाँधिएका आकाशको धरानमा निःशुल्क उपचार हुने

    बिर्तामोड / गत असोजदेखि साङ्लोमा बाँधिएका झापा अर्जुनधारा नगरपालिका –५ का नौ वर्षीय बालक आकाश चौधरीको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान निःशुल्क उपचार हुने भएको छ । मेची अभियानले बालकको घरमै पुगेर बालकको उद्धार गरको हो । अभियानका संयोजक विजय डालमिया नेतृत्वको टोली घरमा पुगरे आकाशको उद्धार गरेको युवा सामाजिक अभियन्ता कौशल भण्डारीले जानकारी दिए ।बालकको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक सञ्जीव शर्मासहितको टिमले उपचार गर्ने प्रबन्ध मिलाइएको बताइएको छ । चिकित्सकको टोलीलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेपछि उनको उपचारका लागि धरान लगिएको भण

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 220 पटक पढिएको
  • कम्युनिष्ट नेता कृष्णराज बर्मा अस्पताल भर्ना

    काठमाडौँ / कम्युनिष्ट नेता कृष्णराज बर्मा श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहीबार अस्पताल भर्ना भएका छन् ।श्वासप्रश्वासमा समस्या भए पछि उनलाइ ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । उनलाई निमोनिया समेत देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको छ ।उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई केही दिनअगाडि छातीमा समस्या देखिएको थियो । २००७ सालको राणाविरोधी आन्दोलनकालदेखि नै राजनीतिमा सक्रिय नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये एक हुन् ।

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 236 पटक पढिएको
  • साङ्लोमा बाँधिए ९ वर्षीय बालक आकाश

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –५ का ९ वर्षीय बालक आकाश चौधरी यतिबेला साङ्लोमा बाँधिएर बाल्यकाल बिताइ रहेका छन् ।गत असोजदेखि शारीरिक रुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको उनका बाबु सेबुलाल चौधरीले बताए ।सेवुलालका अनुसार आकाशले घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थालेका हुन।दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश ‘यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो,’ सेवुलाल भन्छन् ।आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 143 पटक पढिएको
  • कोरोना अपडेट : थप १सय २७ जनामा संक्रमण पुष्टि ,३को मृत्‍यु

    बिर्तामोड / आज देशभर थप १सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा १२३ जना र २ हजार २०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जना गरी १२३ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार ७७० जना संक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 135 पटक पढिएको
  • कोरोना अपडेट : थप १सय ५८ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ५ सय ४ जनामा गरिएको परीक्षणमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ३८ पुगेको छ । सोही समयमा संक्रमित ३ सय ५४ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ९ लाख ७७ हजार ७६ जना संक्रमित बनेका छन् ।देशभर ७ हजार ९ सय ७१ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ जना भेन्टिलेटरमा र ७५ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 147 पटक पढिएको
  • वैशाख १० सम्म सबै नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइसक्न आयोगको अनुरोध

    काठमाडौं  / निर्वाचन आयोगले आउँदो वैशाख १० गतेसम्म लक्षित नागरिकलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न सरकारलाई अनुरोध गरेको छ ।आयोगले वैशाख १० गतेसम्म कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाउने व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखी पठाउने निर्णय गरेको हो । कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको पूर्वतयारी तथा निर्वाचनका क्रममा जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि आयोगले आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हिजोसम्म कुल जनसंख्याको ७३।९ प्रतिशतले पहिलो डोज र ५९।९ प्रतिशतले पू

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 142 पटक पढिएको
  • कोरोना अपडेट : थप १सय ८० जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप १सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३ सय ४१ जनामा कोरोना परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९३६ पुगेको छ । नेपालमा हाल ८२३५ जना सक्रिय संक्रमित रहेका छन् ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 135 पटक पढिएको
  • कोरोना अपडेट : थप १सय ११ जनामा संक्रमण पुष्टि, १को मृत्‍यु

    बिर्तामोड / आज देशभर थप १सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४८४ जनाको पीसीआर परीक्षण गर्दा ९४ जना र ३ हजार २२४ जना एन्टिजेन परीक्षण गर्दा १७ जना गरी १११ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ४१५ जना संक्रमणमुक्त भएका छन् भने हाल ८ हजार ५१७ जना संक्रिय संक्रमित छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १६ हजार १९१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९३५ पुगेको छ भने ९ लाख ५६ हजार ४१३ जना संक्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार हाल ८ हजार २८५ जना होम आइसोलेसनमा रहेका छन् भने २३२ ज

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 154 पटक पढिएको
  • वैदेशिक रोजगारीमा जाने सबैको निःशुल्क पीसीआर परीक्षण गर्दै सरकार

    काठमाडौं / सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कोरोना भाइरसको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।सरकारी अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पिसीआर परीक्षण निःशुल्क हुनेछ । यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय शुल्क तिर्नुपर्ने हुन्थ्यो ।पीसीआर परीक्षण गर्न वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात पेस गर्नुपर्नेछ ।  

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 242 पटक पढिएको
  • कोरोना अपडेट: थप १सय ५५ जनामा संक्रमण पुष्टि, दुईको मृत्यु

    बिर्तामोड / आज देशभर थप१सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजर २३९ पीसीआर परीक्षणमा १०१ जना र दुई हजार ९१३ एन्टिजेन परीक्षणमा ५४ जना गरी १५५ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ५४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या आठ हजार ८३९ रहेको छ ।

    • प्रकाशित मितिः फागुन १४, २०७८
    • 146 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा