स्वास्थ्य

    Showing 811-820 of 2,138 items.
  • कोरोना अपडेट २२४ जनामा कोरोना संक्रमण

    काठमाडौं  / पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ९३६ पीसीआर परीक्षणमा ६८ जना र ३ हजार १५६ एन्टिजेन परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।संक्रमित मध्ये काठमाडौंमा १९, भक्तपुरमा १० र ललितपुरमा ३ जना गरी उपत्यकामा ३२ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।पछिल्लो २४ घण्टामा २५१ जना संक्रमणमुक्त भएका छन् । ५ हजार ६९२ जना सक्रिय संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १२४ जना रहेका छन् । तीमध्ये ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा रहेका छन् ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 154 पटक पढिएको
  • कोरोना अपडेट : १९४ संक्रमित , एक जनाको मृत्यु

    काठमाडौँ / पछिल्लो २४ घण्टामा १९४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३९४ नमूना परीक्षणमध्ये ७४ पीसीआर र १२० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा एक सङ्क्रमितको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९४९ छ । मन्त्रालयका अनुसार थप ३४८ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ । हाल मुलुकभर ५ हजार ८७५ सक्रिय संक्रमित छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०७८
    • 176 पटक पढिएको
  • कोरोना अपडेट : थप ८८ जनामा कोरोना संक्रमण १ जनाको मृत्यु

    काठमाडौं  / पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ६ हजार १५० रहेको छ ।

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • 246 पटक पढिएको
  • थप ६८ जनामा संक्रमण , दुई जनाको मृत्यु

    काठमाडौं / नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा थप ६८ जनामा मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यसअघि शनिबार पनि ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ३१३५ जनामा परीक्षण गर्दा ५४ जनामा र एन्टिजेन विधिबाट १७९४ जनामा परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ । यही अवधिमा ५३८ जना संक्रमणमुक्त भएका छन् ।  हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६४६१ रहेको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 125 पटक पढिएको
  • यो कुरा जान्नुहोस् पेनकिलरको काम गर्ने ५ खानेकुरा

    टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका माशंपेशी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन् ।  यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ ।त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ ।-जौम्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 116 पटक पढिएको
  • कोरोना अपडेट : २४ घण्टामा थप ९१ जनामा संक्रमण

    काठमाडौँ / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९१ जनामा संक्रमण पुष्टि भएको हो । ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमित थपिएका हुन् । २ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर ६ हजार ९४७ जना सक्रिय संक्रमित छन् ।शुक्रबार ३६२ जना संक्रमित निको समेत भएका छन् । 

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 124 पटक पढिएको
  • छाडा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउदै इटहरी उपमहानगर

    बिर्तामोड / सुनसरीको इटहरी उपमहानगरपालिकाले छाडा कुकुर नियन्त्रणको अभियान चलाएको छ । उपमहानगरले स्थायी बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाएर छाडा कुकुरको संख्या नियन्त्रणको प्रयास अगाडि बढाएको हो ।शुक्रबारबाट खोप लगाउने र बन्ध्याकरण गर्ने कार्यक्रम सुरुआत गरिएको छ । छाडा कुकुरले घरपालुवा जन्तुहरूमाथि आक्रमण गर्ने, दुर्घटनाको जोखिम बढाउने भएका कारण उपमहानगरले नियन्त्रण अभियान चलाएको हो ।पहिले कुकुर मारेर समस्या समाधान गर्ने चलन भए पनि अहिले पर्यायवरणमा असरपुग्ने भएकाले बन्ध्याकरणलाई उपयुक्त विकल्पको रूपमा अगाडि बढाइएको उपमहानगरपालिकाका पशु चिकित्सक दुर्गा श्रेष्ठले बताए । बन्ध्याकरण पछि कुकुरक

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 153 पटक पढिएको
  • अब टेष्ट ट्युब बेबी सेन्टर सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अनुमति चाहिने

    काठमाडौं / टेष्ट ट्युब बेबी सेन्टरहरुले सञ्चालन स्वीकृति सोझै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट लिनुपर्ने भएको छ । विभिन्न अस्पतालले नयाँ युनिटका रुपमा सेन्टर खोल्ने क्रम बढ्दा नियमन असहज भएपछि आइभीएफ ( इन भिट्रो फर्टिलाइजेसन) सेवा दिने संस्थाहरूले मन्त्रालयबाटै अनुमतिपत्र लिन अनिवार्य गरिएको हो ।मन्त्रालयले शनिवार सूचना प्रकाशित गर्दै त्यस्तो सेवा संचालकहरुलाई अनुमति लिनका लागि १५ दिनभित्रै सम्पर्क गर्न भनेको छ । निःसन्तान दम्पतीको संख्या बढ्दै जाँदा शहरी क्षेत्रमा टेष्ट ट्युब बेबी सेन्टरको सेवा लिनेहरू क्रमिकरूपमा बढेको छ । यस्ता संस्थाहरू गैरसरकारी संस्थाले पनि चलाएका छन् ।जनस्व

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 218 पटक पढिएको
  • ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत नेपालमा पहिलो पटक मुटुमा भल्ब प्रत्यारोपण गरियो

    बिर्तामोड / नेपालमा पहिलोपटक शल्यक्रिया नगरी मुटुको भल्ब प्रत्यारोपण गरिएको छ । काठमाडौंको बाँसबारीस्थित ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र’ले देशमै पहिलोपटक छाती नचिरी मुटुमा भल्ब राखिएको हो ।चिकित्सकका अनुसार ट्रान्सक्याथेटर अर्डिक पद्धतिमार्फत मुटुको भल्ब फेरिएको हो, जसमा छाती चिरिरहनु पर्दैन । ८० वर्षीया महिलाको मुटुको सफल उपचार गरिएको अस्पतालले जनाएको छ । चिकित्सकका अनुसार यस पद्धतिमा तिघ्राको धमनी फिमोरल आर्टरीबाट विशेष किसिमको तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मीत भल्ब मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्बको स्थानमा प्रत्यारोपण गरिन्छ ।प्रत्यारोपण गरिएको भल्बले तुरुन्

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 186 पटक पढिएको
  • कोरोना अपडेट : १२६ जनामा संक्रमण, १ जनाको मृत्‍यु

    काठमाडौं  / पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्‍यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ७ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७ हजार ९९ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।कोरोनाका बिरामीमध्ये ५४ जना आईसीयू र १० जना भेन्टिलेटरमा उपचाररत् छन् ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको क

    • प्रकाशित मितिः फागुन २०, २०७८
    • 125 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा