स्वास्थ्य

    Showing 2,111-2,120 of 2,451 items.
  • कोरोनाबाट एकै समुदायका नौ जनाको मृत्यु

    दैलेख / दुल्लु नगरपालिका –१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन जना छिमेकीमा ज्वरो आउने, शरीर, छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । उनीहरुको परीक्षणबिनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको लम्सालले बताए । अन्य छमध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए । यहाँ कामका लागि भारत गएका स्थानीयव

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 125 पटक पढिएको
  • पाहुनाले भित्र्याएको कोरोना भोजले फैलायो

     म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ मा पर्ने सिंगा र तातोपानी क्षेत्र कोरोना सङ्क्रमणको केन्द्र बनेको छ । तातोपानी कुण्ड स्नानका लागि आएका पाहुनामार्फत भित्रिएको कोरोना भोजभतेर र जमघटबाट टोल बस्ती हुँदै नागरिकका घरसम्म पुगेको छ । सिंगाका वडाध्यक्ष गोविन्द पौडेलका अनुसार वडाभर हालसम्म ६५ भन्दा बढी सङ्क्रमित भइसकेका छन् भने दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय र प्रदेशको स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको बेनी नगरपालिकाका ५१ जना सबै सङ्क्रमित वडा नं ४ का हुन् । वैशाख २७ गते नगरपालिकाका स्वास्थ्यकर्मीहरुले लक्षण देखिएका र सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका ६७

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 118 पटक पढिएको
  • हुम्लामा सङ्क्रमणको दर बढ्दो : पाँच गाउँपालिका जोखिममा

    सिमकोट / सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो । हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघार जना सङ्क्

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 111 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज १ हजार १ सय ४० जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज प्रदेश १ मा थप १ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।  मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२,  इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, ते¥हथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३,  कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवा

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 427 पटक पढिएको
  • चीनभन्दा नेपालमा कोरोनाबाट धेरैको मृत्यु

    काठमाडौँ / कोरोनाभाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ। यो चीनको भन्दा ४०० बढी हो। गत वर्ष चीनमा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो। त्यतिबेला कोरोनाबाट सडकमै ज्यान गएका तस्वीरहरू सञ्चारमाध्यममा आएका थिए। चीनले कडा बन्दाबन्दीसँगै कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेसन र स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड कडाइका साथ पालना गरेर संक्रमण नियन्त्रणमा लिएको थियो।एक वर्षअघि कोरोना संक्रमण उच्च बिन्दुमा पुग्दा संक्रमितको संख्या ७८ हजार १६ पुगेको थियो। त्यतिबला दैनिक २ हजार ८०० भन्दा बढी संक्रमित थपिएका थिए। मृत्यु हुनेको संख्या पनि दैनिक १५० को हाराहारीमा थियो। त्यति

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 257 पटक पढिएको
  • बीएण्डसीलाई मेडिकल कलेजको अनुमति

    बिर्तामोड / बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले संचालनको अनुमति पाउने भएको छ । बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा पटक–पटक आन्दोलन गरेर सम्बन्धन रोक्दै आएका डा. गोबिन्द केसी विदेशमा रहेको अनि मुलुक कोरोनाले थलिएको समय पारेर सम्बन्धन दिन तयारी थालिएकोे हो । गत बैसाख ३१ गते बसेको काठमाण्डौ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३९६० बमोजिम सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णय गरेको हो ।सम्ब

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 4,496 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ९ हज्जार २ सय ४७ संक्रमित थपिए, २ सय १४ जनाको मृत्यु

    बिर्तामोड / देशभर आज थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन  परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्।योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन्

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 348 पटक पढिएको
  • सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाको औषधि हो त ? ( भिडियो सहित )

    बिर्तामोड / नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन् ।तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी गर्दै बोलेको भिडियो फेसबुकमा धेरैले शेयर गरेका छन्।उनीसँगै आफूलाई योगी नरहरिनाथको चेला भएको दाबी गरेका प्रेम कैदीले समेत उक्त बुटीको बारेमा फेसबुकमा भिडियोहरू राखेका छन्। एक अर्कालाई ट्याग गर्दै राखेका भिडियोमा उनीहरूले त्यो टिप्ने, खाने तरिकादेखि लिएर सङ्क्रमितहरूले आफूहरूलाई खबर गरेमा घरघरसम्म पुर्‍य

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 625 पटक पढिएको
  • कोरोनाबाट अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङको मृत्यु

    बिर्तामोड /अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । लामो समय देखि उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा भने सुधार आउन सकेको थिएन । उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।  उनको निधन प्रति झापाका प्रमुख जिल्ला अधिकारी श्रव

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 156 पटक पढिएको
  • एमाले नेता तथा साहित्यकार खत्रीको निधन

    भक्तपुर / नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ ।  सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।विसं १९९२ जेठ १० गते नखेल, शान्तिग

    • प्रकाशित मितिः जेठ ३, २०७८
    • 360 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.