बिर्तामोड /अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

उनको वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।

OM Sai Pathibhara Hospital

स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । लामो समय देखि उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा भने सुधार आउन सकेको थिएन । उनलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो ।  

उनको निधन प्रति झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले पुष्टि गरे । उनको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिए । उपचारकै क्रममा आज बिएन्डसी हस्पिटलमा उनको निधन भएको हो ।