बिर्तामोड / बिगत लामो समयदेखि मेडिकल कलेज संचालनको पर्खाईमा बसेको झापाको बिर्तामोड स्थित प्रस्तावित बी एण्ड सी मेडिकल कलेजले संचालनको अनुमति पाउने भएको छ । 

बी एण्ड सीलाई सम्बन्धन दिने विषयमा पटक–पटक आन्दोलन गरेर सम्बन्धन रोक्दै आएका डा. गोबिन्द केसी विदेशमा रहेको अनि मुलुक कोरोनाले थलिएको समय पारेर सम्बन्धन दिन तयारी थालिएकोे हो । 

OM Sai Pathibhara Hospital

गत बैसाख ३१ गते बसेको काठमाण्डौ विश्वविद्यालयको कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा ऐनको दफा १३९६० बमोजिम सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि चिकित्सा शिक्षा आयोगमा पठाउने निर्णय गरेको हो ।

सम्बन्धन दिनु पुर्व विश्वविद्यालयको विज्ञ टोलीले गत वैसाख २२ गते देखि २६ गते सम्म बिर्तामोडमा नै बसेर प्रस्तावित कलेजको स्थलगत अनुगमन गरेको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

kathmandu-university-letter