बिर्तामोड / देशभर आज थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पिसिआर र ४३४ जनाको एन्टीजेन  परीक्षणमा ९ हजार २४७ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ९ हजार १९८ र एन्टीजेन विधिबाट ४९ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २१४ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म नेपालमा ५ हजार २१५ जना संक्रमितको मृत्यु भएको छ।

आज देशभर ५ हजार ७६७ जना संक्रमित निको भएका छन्। देशभर ७०८ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।