स्वास्थ्य

    Showing 1,731-1,740 of 2,140 items.
  • शान्ति समाजद्धारा ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शुरु

    काठमाडौँ / नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ । समाजले वर्तमान सङ्कटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 121 पटक पढिएको
  • एनआरएनएले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं  / गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ ।अध्यक्ष कुमार पन्तका अध्यक्षतामा आइतबार बसेको संघको राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको हो ।यस्तै तीव्ररूपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकाले तत्काल अन्तरराष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ ।त्यसका लागि संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकारसमक्ष नेपालका लागि खोप उपलब्ध गराउन पहल गरिनेछ ।

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 129 पटक पढिएको
  • किटको अभावमा परीक्षण रोकियो

    वीरगञ्ज / भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ ।दैनिक भारतबाट सो नाका भएर २५ जनाभन्दा बढी नेपाली वीरगञ्ज प्रवेश गर्ने गरेको भए पनि किटको अभावमा कोरोना परीक्षण हुन नसकेको हेल्थ डेस्कका इन्चार्ज सैमुला अन्सारीले जानकारी दिए । उनले भने, “किटको अभावमा अहिले सामान्य ज्वरो मात्र नाप्ने गरिन्छ ।” उनले यदि कोरोनाको लक्षण देखिएमा जुन जिल्लाको बासिन्दा हुन्छ त्यही जिल्लामा उपचारको लागि पठाउने गरेको बताए ।महानगरपालिकाले भन्सार क्षेत्रम

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 88 पटक पढिएको
  • सङ्क्रमण फैलिने क्रम बढ्दै, परीक्षणको दायरा बढाउँदै कामपा

    काठमाडौँ / कोभिड –१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ । यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए । प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ ।कामपाका प्रायः सबै वडामा

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 109 पटक पढिएको
  • महोत्तरीमा संक्रमणबाट ५९ जनाको मृत्यु

    जलेश्वर / कोरोना महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेको महोत्तरी जिल्लामा गए रातिसम्म ५९ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ ।कार्यालयका कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहका अनुसार कोरोनाबाट ५९ जनाको मृत्यु भइसकेको छ भने आजसम्म कूल एक हजार ८ सय ९७ सङ्क्रमित भएका छन् । ३५ जना विभिन्न अस्पतालमा उपचारमा रहेका छन् भने बाँकी आ–आफ्नो घरमा आइसोलेशनमा रहेका छन् । उनका अनुसार २ सय ४० ले कोरोना जितेका छन् ।यसैबीच जिल्लाको भङ्गहा नगरपालिकाको एउटै वडाम

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 97 पटक पढिएको
  • सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्दै माओवादी

    काठमाडौं  / नेकपा माओवादी केन्द्रले अक्सिजन उत्पादनका लागि सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । माओवादीले सरकारी र सामुदायिक अस्पतालहरुको नजिक पर्ने गरी सातै प्रदेशमा एक एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो ।जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।यस्तै, माओवादी केन्द्रले देशका विभिन्न ठाउँमा स्थानीयस्तरमै व्यक्तिगत सुरक्षा कव (पीपीई) उत्पादन गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन गर्ने भएको छ । पार्टीले कोभिड कोष खडा गर्ने समेत स्थायी समित

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 210 पटक पढिएको
  • कोरोना अपडेट : देशभर थप ७ हज्जार ४२५ जना कोरोना संक्रमित थपिए, १ सय ८५ जनाको मृत्यु

    बिर्तामोड / आज थप ७ हजार ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पिसिआर र ६०७ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ४२५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ । पिसिआर विधिबाट ७ हजार २२० र एन्टीजेन विधिबाट २०५ जना संक्रमित पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ८५ जना संक्रमितको मृत्यु भएको छ। सोमबार देशभर ७ हजार १३५ जना संक्रमित निको भएका छन्। देशभर ९२४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 256 पटक पढिएको
  • साहित्यकार बानिरा गिरीको निधन

    काठमाडौं / साहित्यकार बानिरा गिरीको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा आइतबार राति १० बजे निधन भएको हो ।उनलाई २० दिन अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । यद्दपि संक्रमण पुष्टि भए पनि मृत्यु भने हृदयघातका कारण भएको परिवारले बताएको छ । हृदयघात भएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो । उनी केही वर्षदेखि अल्जाइमरबाट ग्रसित थिइन् ।उनी नेपाली साहित्यमा पिएचडी गर्ने पहिलो नारी हुन् । उनले निर्बन्ध, कारागार र शब्दातीत शान्तनुजस्ता साहित्यिक कृति लेखेकी छिन् । कारागार उनको निकै प्रशिद्ध उपन्यास हो ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 111 पटक पढिएको
  • मनाङमा कोरोना जित्ने बढ्दै

    मनाङ / हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना सङ्क्रमण जित्ने बढ्दै गएका छन् । केही समय शून्य सङ्क्रमित रहेको मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमणलाई मनाङमा एकै दिन २८ जनाले जितेका छन् ।धेरैजसो होम आइसोलेशनमा बसेका कोरोना सङ्क्रमित सङ्क्रमण मुक्त भएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । हालसम्ममा जिल्लामा ८४ सङ्क्रमितमध्ये ६३ जना सङ्क्रमणमुक्त भएर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमण मुक्त हुने सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए ।२१ सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेको उनले बताए । आचार्यका अनुसार त्यसमध्ये छ सङ्

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 83 पटक पढिएको
  • कोरोना संक्रमित पूर्वसांसद बस्नेतको निधन

    भोजपुर / भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।बस्नेत भोजपुर क्षेत्र नम्बर १ बाट २०४८ सालको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनी भोजपुरको दिङ्लामा रहेको षडानन्द सीताराम गुठीको पूर्वअध्यक्ष र अरुण माध्यमिक विद्यालयको पूर्वप्रधानाध्यापक समेत थिए । पछिल्लो समय मोरङको खोर्सानेमा बस्दै आएका बस्नेत विभिन्न सामाजिक सङ्घसंस्थामा सक्रिय रहेका थिए । बस्नेतका श्रीमती र दुई छोरा छन् ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 91 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा