काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा गरिएको कुल १५ हजार ८०८ नमुना परीक्षणमा ३ हजार ८४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ जनामा र एन्टिजेन विधिबाट ४ हजार ९२२ नमुना परीक्षण गर्दा १ हजार २०६ जनामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी, गत २४ घण्टामा १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।