विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना संक्रमण पुष्टि एको छ ।

२ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको छ । 

प्रदेश १ मा आज २०२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।