गलकोट / बागलुङमा खोप अभियान स्थिगित भएको छ । जारी खोप अभियान
केहि पहुचवालाको अनावश्यक दबाब र दुरुपयोग गरेको स्थानीयको गुनासो पछि खोप
अभियानस्थल केन्द्रको निर्देशनमा स्थगित भएको हो ।
खोपकालागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन
नआउँदा सम्मकालागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु
खत्रीले जानकारी दिएका छन् ।
सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशन अनुसार
बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदा सम्मका लागि स्थगित भएको उनको
भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने
खत्रीले जानकारी दिएका छन् । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको
र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले जानकारी दिएका छन् ।
बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी
रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनको भनाइ छ । सरकारबाट नयाँ
लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । बागलुङमा अहिलेसम्म
कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको
छ ।
हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य
कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र
कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिएका छन् ।