बिर्तामोड / नेपालमा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ३ हजार ८९९ जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार ६५५ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ७२६ जनामा संक्रमण पुष्टि भएको हो। 

OM Sai Pathibhara Hospital

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशका विभिन्न ठाउँमा गरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमित निको भएका छन्। हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।