स्वास्थ्य

    Showing 1,521-1,530 of 2,285 items.
  • भारतमा थप ४४ हजार जनामा संक्रमण पुष्टि

    काठमाडौँ / भारतका पछिल्लो २४ घण्टामा थप ४४ हजार ६ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा सक्रिय सङ्क्रमितको कुल संख्या चार लाख १४ हजार एक सय ५९ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । अहिले सङ्क्रमण मुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ सय ६४ जना सङ्क्रमितको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट मृत्यु हुनेको संख्या चार लाख २६ हजार ७ सय ५४ पुगेको छ । 

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 131 पटक पढिएको
  • ३ लाख मात्रा एस्ट्राजेनेका खोप काठमाडौँ आइपुग्यो

    बिर्तामोड / भुटान सरकारले नेपाललाई सहयोग गरेको कोरोना विरुद्धको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई सहयोग गरेको कोरोना विरुद्धको तीन लाख मात्रा एस्ट्रजेनेका खोप आज नेपाल आइपुगेको हो । भुटानको ड्रुक एयरको कार्गो विमानबाट आज (शुक्रबार) बिहान ९ः४० बजे काठमाडौँ ल्याइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । भुटानबाट नेपालले प्राप्त गरेको एसट्राजेनेका खोप अव कोभिडशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन न

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 191 पटक पढिएको
  • कानुनी समस्याका कारण अङ्ग प्रत्यारोपण गर्न विदेशिनु पर्ने बाध्यता

    झापा / मानव शरीरको अङ्ग प्रत्यारोपणका लागि नातेदारको दायरा फराकिलो नभएकाले बिरामीले विदेश धाउनुपर्ने बाध्यता छ । भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले दुवै मिर्गौला फेल भएपछि कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखापरि हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहेकी भण्डारीको भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएको थियो । प्रत्यारोपणका लागि उनलाई काकाससुरा नेत्रप्रसाद भण्डारीले एउटा मिर्गौला दिने निधो भएपछि बुधबार मिर्गौलाको अन्तिम जाँचको नतिजाले ‘प्रत्यारोपण ग

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 146 पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयको मास्क अभियान साउन २३ देखि

    बिर्तामोड / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्ने भएको छ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो ।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न थालिएको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान शुरु गर्न लागिएको जानकारी दिए ।“महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजरसंँग जनस्वास्थ्

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 159 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप १२०१ संक्रमित

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ४१८, मोरङमा १७२, सुनसरीमा ८५, इलाममा २२, धनकुटामा १६, उदयपुरमा ९, भोजपुरमा ३, पाँचथर, ताप्लेजुङ, सोलुखुम्वु, संखुवासभा, तेह्रथुम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ६३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २९२ महिला र ३४१ पुरुष रहेका छन् । त्यस

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 155 पटक पढिएको
  • देशभर थप ३ हजार ९ सय ३८ संक्रमित थपिए, ३७ को मृत्यु

    बिर्तामोड / देशभर आज थप ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार चार सय ८ जनाको नमूना परीक्षण गर्दा  ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार थप ३७ जना सङ्क्रमितको मृत्यु भएको  छ। यो सहित अहिले सम्म काेराेनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ।पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन् । हाल सम्म कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३  पुगेको छ।देशभर सक्रिय सङ्क्रमितको संख्या ३४ हजार ४ सय २२ रहेको छ।

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 150 पटक पढिएको
  • वीपीका पदाधिकारी कसरी बर्खास्त गर्दैछ सरकार ?

    धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीहरूलाई कसरी बर्खास्त गर्दैछ सरकार ? बुधबार स्वास्थ्य मन्त्रालय र बीचका आन्दोलनरत पक्षबीच भएको ६ बुँदे सहमतिपछि सरकारले पदाधिकारीलाई कसरी बर्खास्त गर्छ भन्नेबारे सबैको चासोको विषय बनेको छ ।बुधबार भएको ६ बुँदे सहमतिमा प्रतिष्ठानको ऐन २०४९ को दफा ११ (घ) मा उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशकले आफ्नो पद अनुसारको दायित्व पुरा नगरेमा पदबाट हटाउन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।मन्त्रालयको वार्ता टोलीले आन्दोलनकारीसँग चारै जना पदाधिकारी हटाउन सहमति गर्नुअघि उच्चस्तरीय छानबिन कार्यदलको प्रतिवेदनले नै

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 292 पटक पढिएको
  • विपी प्रतिष्ठानका डा. झाको निधन

    धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका एनाटोमी विभागमा कार्यरत रहेका प्राध्यापक डा.चन्द्रभुषण झाको निधन भएको छ ।बुधबार बेलुका ६ बजे प्रतिष्ठानको सिसियु(कार्डिक केयर युनिट)मा उपचाररत अवस्थामा उनको निधन भएको प्रतिष्ठानका चिकित्सकहरुले जानकारी दिएका छन् । सुगरको औषधी नियमित सेवन गरिरहेका उनलाई डेढ महिना अघि हर्ट अट्याक भएको थियो । हर्ट अट्याक भएपछि तत्कालै उपचार गरिएको भएपनि स्वास्थ्यमा सुधार नहुदाँ प्रतिष्ठानको आइसियुमा राखेर करिब डेढ महिनादेखि डा.झाको उपचार हुदैँ आएको थियो । प्रतिष्ठानको पुर्व डिन समेत रहेका डा. झा एनाटोमी विभागका प्रमुख भएर जिम्मेवारी नि

    • प्रकाशित मितिः साउन २१, २०७८
    • 194 पटक पढिएको
  • देशभर थप ४१०७ जना संक्रमित, ३५ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १६ हजार २ सय ९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो।स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी, पछिल्लो २४ घण्टामा ३५ जना सङ्क्रमितको मृत्यु भएको छ।    

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 147 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट: थप ९२२ संक्रमित

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।प्रदेशका विभिन्न प्रयोगशालामा १ हजार ५ सय ६६ जनाको पीसीआर परीक्षणगर्दा ४ सय ८५ र १ हजार ६ सय ७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २ सय १५, मोरङमा १ सय ३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र संखुवासभामा २–२,  इलाम र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज थप ३ सय ६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १ सय ६६ महिला र १ सय

    • प्रकाशित मितिः साउन २०, २०७८
    • 139 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.