बिर्तामोड / आज देशभर थप ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सात हजार ३०४ जनाको पिअिसार परीक्षण गर्दा ६५६ र दुई हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार आज देशभर एक हजार ४१३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १० एक जना सङ्क्रमितको मृत्यु भएको छ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २१ हजार ३६० जनाले कोरोना विरुद्धको खोप लगाउका छन्।