बिर्तामोड / आज देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको ८ हजार ५४० पीसीआर र २ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ८३ हजार ९१० पुगेको छ। कुल संक्रमितमध्ये २५ हजार ८२ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा १ हजार २३४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको छ। 

हाल २३ हजार ६३६ जना होम आइसोलेसन र १ हजार ४४६ जना संस्थागत आइसोलेसनमा छन्। २४६ जना क्वारेन्टाइन, ३८९ जना आइसीयू र १२१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।