काठमाडौ  / चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे, ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एप्रोन एरियामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पौडेलले खोप ‘रिसिभ’ गरेका छन्।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

स्वास्थ्य विभागअन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिएका छन् । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज हुने गरे पनि यसपटक भने एक भाइलमा ५ डोजको खोप उत्पादन गरेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको मन्त्रालयले जनाएको छ ।