काठमाडौं। दाङको तुलसीपुरमा जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेकी ३७ वर्षीया दीपा पुनको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ।
असार ३२ गते परिवारले जंगलबाट ल्याएको च्याउ खाएपछि उनीसहित पाँच जना बिरामी परेका थिए। अन्य चार जना उपचारपछि घर फर्किए पनि दीपाको अवस्था गम्भीर बन्दै गएपछि विभिन्न अस्पताल हुँदै नेपालगञ्ज रिफर गरिएको थियो। तर, अस्पताल पुग्नुअघि नै उनको ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले जंगली च्याउ नचिनीकन सेवन नगर्न सर्वसाधारणलाई पुनः आग्रह गरेको छ।





































