स्वास्थ्य

    Showing 1,511-1,520 of 2,285 items.
  • सरकारको कमजोर तयारीले गर्दा संक्रमणदर अझै बढ्ने खतरा

    बिर्तामोड / नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अझै पनि कोरोनाका कारण दैनिक २५ देखि ३० जनाको मृत्यु हुने गरेको छ । नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पहिलो लहरमा सङ्क्रमितको संख्या बढे पनि मृतकको संख्या भने न्यून थियो । तर, कोरोनाको दोस्रो लहरले भयावह रूप लिँदा र सरकारको फितलो व्यवस्थापनले गर्दा अधिकांश सङ्क्रमितले अकालमा ज्यान गुमाए । अधिकांश संक्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको विज्ञहरु

    • प्रकाशित मितिः साउन २४, २०७८
    • 145 पटक पढिएको
  • देशभर थप ३२१८ कोरोना संक्रमित, १९ जनाको मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टामा ३ हजार २ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै कुल संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ। कुल संक्रमितमध्ये ३५ हजार ४३२ जना सक्रिय संक्रमित छन्।गत २४ घण्टामा १ हजार ७२२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ६७ हजार २७० पुगेको छ।त्यसैगरी, उक्त अवधिमा १९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 113 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ७ सय ६५ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा आज थप ७ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१ हजार ५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १२ र १ हजार ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा एक सय, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा दुई–दुई जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ४५८ जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ म

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 325 पटक पढिएको
  • जापानले दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

    काठमाण्डौ / कोरोना विरूद्धको एस्ट्राजेनेकाको १६ लाख डोज खोपको पहिलो मात्रा काठमाण्डौ आइपुगेको छ ।जापानले नेपाललाई दिएको खोप कतार एयरवेजको विमानबाट बिहान त्रिभुवन विमानस्थलमा आइपुगेको हो ।१६ लाख डोज खोपमध्ये आज ४ लाख खोप आइपुगेको छ भने ४ लाख भोलि र बाँकी ८ लाख मात्रामा खोप यही महिनाभित्र आइपुग्ने खोप महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 168 पटक पढिएको
  • कोभिडका बिरामी उद्धारका लागि एयर लिफ्टिङको माग पुनः बढ्यो

    काठमाडौं//कोरोना बढेपछि कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान एयर लिफ्टिङको माग पुनः बढेको छ। विभिन्न जिल्लामा कोरोनाका बिरामीको उद्धारका  लागि  हेलिकोप्टर कम्पनीहरुमा एयर लिफ्टिङ,विशेष उपकरण र चिकित्सक टोलिसहितका हेलिकोप्टर चार्टड गर्न  दैनिक दर्जनभन्दा बढी फोन आउन थालेको व्यवसायीले बताएका छन् ।हेलिकोप्टर कम्पनीहरुले बिरामी उद्धारको शुल्क प्रति उडान घण्टा सरदर १२ सय अमेरिकी डलर देखि १५ सय अमेरिकी डलर सम्म लिने गरेका छन्।काठमाडौंका अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै जान थालेसंगै देशका विभिन्न ठाउँबाट संक्रमितलाई ओसार्न हेलिकोप्टर  बुकिङको माग बढ्दै गएको कम्पनीले बताएका

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 134 पटक पढिएको
  • कोरोना विरुद्ध खोप लगाउनेको भिड हुन थालेपछि खोप केन्द्र थप

    काठमाडौँ / कोरोना भाईरस विरुद्धको खोप लगाउनेको भिड हुन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप केन्द्र थप गरेको छ ।  खोप लगाउनेको भीड हुन थालेपछि देशभरि नै पहिलेको भन्दा एक हजार ४सय३३ खोप केन्द्र थप गरिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताएका छन् । पहिले दुई हजार ९सय८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४सय२२ पुर्याइएको  छ । यस्तै काठमाडौँ उपत्यकामा ८३ खोप केन्द्र थप गरि  १सय४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरेको हो । अहिलेसम्म नेपालमा

    • प्रकाशित मितिः साउन २३, २०७८
    • 119 पटक पढिएको
  • चन्द्रपुरमा मास्क खै ? अभियान शुरु

    रौतहट// रौतहटको चन्द्रपुरमा प्रहरीले मास्क खै ? अभियान थालेको छ। सामाजीक दुरी कायम गरौ, भिडभाड नगरौं,मास्क खै ? जस्ता प्लेकार्ड बोकेर  अभियान शुरु गरेका हुन् ।मास्क नलागाइ सार्वजनिक स्थानमा मानिसहरु हिडडुल गर्न थालेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शुक्रबार  राजमार्गमा मास्क खै ? भन्दै  मास्क नहुनेहरुलाइ बितरण समेत गरेको छ ।बढ्दो कोरोना भाइरसलाइ मध्यनजर गर्दै   मास्क नलगाइ हिड्ने लाइ मास्क लगाउन सुझाएको  साथै भिडभाड नगर्न र स्वास्थ्य सचेतना अपनाउन आग्रह समेत गरिएको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी लिलाराज लामिछानेले जानकारी गराएका छन्। 

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 247 पटक पढिएको
  • देशभर थप ३ हजार सात सय २९ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

    बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर १५ हजार जनाको नमुना परीक्षण गर्दा तीन हजार सात सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार  देशभर १ हजार  ८ सय ८५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २५ जना सङ्क्रमितको मृत्यु भएको छ। देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४ सय २७ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ५१५ भने ७३२ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा रा

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 147 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : थप ८ सय ४७ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार एक सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा आज ४६५ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमण मुक्त भएका हुन । पछिल्लो २

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 259 पटक पढिएको
  • बीपी : स्वास्थ्य मन्त्री र पूर्व स्वास्थ्य मन्त्रीको मत बाझियो

    काठमाडौं  / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउने विषयलाई लिएर पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणि पेखरेल र राज्यमन्त्री उमेश श्रेष्ठले फरक फरक अभिव्यक्ति दिएका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा प्रतिष्ठानका पदाधिकारी हटाउने विषयमा बोल्दै मन्त्रीहरूले फरक अभिव्यक्ति दिएका हुन् ।पूर्व स्वास्थ्य मन्त्री पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् भने राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानमा आर्थिक अनियमिततामा संलग्नहरूमाथि कारबाही गर्ने प्रतिवद्धता

    • प्रकाशित मितिः साउन २२, २०७८
    • 234 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.