स्वास्थ्य

    Showing 1,511-1,520 of 1,834 items.
  • कोरोनाबाट मृत्यु भएका पत्रकारका परिवारलाई राहत दिइने

    धनुषा / नेपाल पत्रकार महासङ्घ प्रदेश २ कार्यसमितिले पहिलो बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएका रौतहटका पत्रकार मनोजकुमार चौधरी र सञ्चार उद्यमी रमादेवी यादवको परिवारलाई तत्काल ५१ हजार रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको अध्यक्षतामा आइतबार भएको भर्जुअल बैठकबाट सो प्रस्तावसहित ११ बुँदामा छलफल गरिएको महासचिव श्याम बन्जाराले बताए ।बैठकबाट महासङ्घका प्रदेश अध्यक्ष राजेशकुमार कर्णको नेतृत्वमा पत्रकार कल्याण कोषको स्थापनाका लागि ११ सदस्यीय समिति समेत चयन भएको छ । सङ्क्रमित पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना र निःशुल्क रुपमा उपचार हुनुपर्ने,

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 61 पटक पढिएको
  • कैलालीमा कोरोनाबाट झण्डै दुई सयको मृत्यु

    धनगढी / कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो लहरका कारण नराम्ररी प्रभावित बनेको छ । जिल्लामा आवश्यक मात्रामा अक्सिजनको पूर्ति नहुँदा मृत्यु हुने सङ्क्रमित बढेको देखिन्छ । कैलालीमा दोस्रो लहरको कोरोना सङ्क्रमणका कारण  वैशाख १ देखि ३१ गतेसम्म महिला तीन हजार ३७३ तथा पुरुष सात हजार १६८ गरी जम्मा १० हजार ४४१ जनामा कोरोना सङ्क्रमण देखिएकामा हालसम्म दुई हजार ७४ महिला तथा चार हजार ८६३ पुरुष गरी छ हजार ९३७ जना कोरोना सङ्क्रमित डिस्चार

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 59 पटक पढिएको
  • यूवा संघद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

    धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।संघले स्थापना दिवशको अवसर पारेर सुरक्षाकर्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 61 पटक पढिएको
  • झुटको खेती : व्यवसायीका सिलीण्डरलाई सरकारी भन्दै प्रचार (भिडियो सहित )

    बिर्तामोड / कोरोनाको महामारीका कारण मानविय क्षति भईरहेका बेला नागरिकको आलोचना थेग्न नसकिरहेको सरकारले झुटो प्रचार गर्न थालेको छ । नयाँ सरकार बने लगत्तै एक दिन अघि वरिष्ठ पत्रकार कनकमणि दिक्षीतसँग कुराकानीका क्रममा झुट बोलेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कुरा सेलाउन नपाउँदै उप–प्रधानमन्त्री एवं सिसिएमसीका प्रमुख ईश्वर पोख्रेलको सचिवालले फेरि नागरीक अल्मल्याउन अर्को झुटो प्रचार गरिरहेको छ ।मन्त्री पोख्रेलका सल्लाहकार गणेश पाण्डेले चिनबाट नेपाल सरकारले ल्याएको १८ हजार सिलिण्डर तातोपानी नाकामा आईपुगेको भन्दै फेसबुक प्रयोग गरी प्रचार गरीरहेका छन् । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 363 पटक पढिएको
  • कोरोना अपडेट : आज ७ हज्जार ३ सय ६८ संक्रमित थपिए, एक सय ४५ को मृत्यु

    बिर्तामोड / देशभर आज थप सात हजार ३ सय ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३ सय ६८ जनालाई संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट सात हजार ३ सय १६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ पुगेको छ।आज देशभर छ हजार ६ सय ४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ स

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 431 पटक पढिएको
  • साहित्यसर्जक एवम् फिल्मकर्मी चेतन कार्कीको निधन

     बिर्तामोड / कवि, गीतकार, उपन्यासकार एवं फिल्मकर्मी चेतन कार्कीको निधन भएको छ । ८४ बर्षीय कार्कीलाई गत आइतबार कोभिड संक्रमण भएपछि छाउनी हस्पिटल भर्ना गरिएको थियो । तर स्वस्थ्यमा सुधार नआएपछि आज बिहान १० बजे अस्पतालमै उनको देहान्त भएको हो ।विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी जस्ता फिल्मको निर्देशन समेत गरेका कार्कीले सयौँ नेपाली फिल्ममा स्क्रिप्टराइटर तथा लिरिक्स राइटरको भूमिकामा आफूलाई सधैं अब्बल दर्शाएका थिए । उनले नीर शाहको पहिलो फिल्म परिर्वतनदेखि स्क्रिप्टलेखनको आरम्भ गरेका थिए ।‘नेपाली फिल्म उद्योगले आज एउटा जिउँदो इतिहास गुमाउनु परेको छ, तपाईंको निधन भए पनि तपाईंका सुत्रहरुलाई हा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 101 पटक पढिएको
  • एउटै वडाका ७० जनामा कोरोना संक्रमण पुष्टि

    टिस्टुङ / मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ ।नगरपालिकाभित्र अहिले कोरोनाबाट कूल सङ्क्रमित सङ्ख्या २०० रहेका छन् । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना सङ्क्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीले जानकारी दिए ।थाहा–३ मा सङ्क्रमण दर पनि उच्च रहेको छ । यहाँ १०२ मा परीक्षण गरिएकामा ७० सङ्क्रमण देखिएको र सङ्क्रमण दर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । सङ्क्रमित हुनेमा

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 62 पटक पढिएको
  • ‘भेरोसेल’को दोस्रो मात्रा आजदेखि

    काठमाडौँ / सरकारले कोभिड–१९ विरुद्धको ‘भेरोसेल’को खोपको दोस्रो मात्रा आजदेखि काठमाडौँ जिल्लामा लगाउने शुरुआत गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँ सूचना प्रकाशित गरी पहिलो खोपको मात्रा लगाएका १८ देखि ५९ वर्ष उमेर समूहलाई आजदेखि जेठ ११ गतेसम्म दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको हो । कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काले दोस्रो मात्राका लागि आजदेखि जेठ ११ गतेसम्म आफूलाई पायक पर्ने खोप केन्द्रमा गई खोप लगाउन अनुरोध गरेका छन् । उनका अनुसार काठमाडौँ जिल्लाका ११ वटै नगरपालिकामा रहेका खोप केन्द्रबाट खोप लगाउन शुरु गरिएको हो । काठमाडौँ महानगरपालिकामा ३३ खोप के

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 57 पटक पढिएको
  • भयावह बन्दैछ संक्रमण : हरेक घण्टा विराटनगरमा एकको मृत्यु

    विराटनगर / कोरोना संक्रमणका विराटनगरमा हरेक घण्टा एक जनाको मृत्यु हुन थालेको छ । विराटनगरका अस्पतालमा उपचाररत १२ जनाको करिव एक घण्टाको फरकमा मृत्यु भएको हो । शनिवार मध्यान्न ३ बजे देखि आईतवार बिहान करिव ४ वजे सम्मको अवधिमा उनीहरुको उपचारका क्रममा विराटनगरका अस्पतालमा मृत्यु भएको हो । कोसी अस्पतालमा ३ जना , विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा ७ जना गरी विराटनगरमा उपचाररत १२ जनाको मृत्यु भएको हो । नोबेल मेडिकल कलेजमा मोरङको पथरीशनिश्चरे १ की ६४ वर्षीया वृद्धा, विराटनगर –१ का ३५ वर्षीय पुरुष , उदयपुरको बेलटारका ५६ वर्षीय पुरुष , विराटनगर–४ का ५२ वर्षीय पुरुष , सुन्दरहरैँचा –

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 898 पटक पढिएको
  • सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड शुरु

    चितवन / विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सघन उपचार कक्षसहित १४० श्ययाको कोभिड वार्ड सञ्चालनमा ल्याएको छ । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले कोभिड वार्ड सञ्चालनमा ल्याएको हो । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० श्ययाको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी श्यया थप गरेको हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शनिबार देखि कोभिड वार्ड सञ्चालन गरिएको छ । वार्डमा अहिले २४ सङ्क्रमितको उपचार भइरहेको छ । कोभिड वार्डमा द

    • प्रकाशित मितिः जेठ २, २०७८
    • 57 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा