काठमाडौं  / अमेरिकास्थित गार्डियन हेल्थ सिस्टमले राष्ट्रिय आविष्कार केन्द्र मार्फत प्रदेश एकका दुई अस्पताल मेची अस्पताल भद्रपुर र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ५–५ थान भेन्टिलेटर दिने भएको छ । केन्द्रलाई सो संस्थाबाट प्राप्त भएका ५० वटा भेन्टिलेटर देशका ९ सरकारी अस्पताललाई दिने तयारी भएको हो ।

अमेरिका नेपाल मेडिकल मेडिकल फाउन्डेसनका पूर्व अध्यक्ष डा.सन्तोष सापकोटाको पहलमा भेन्टिलेटर सहयोग स्वरुप प्राप्त भएको आविश्कार केन्द्रले जनाएको छ । भेन्टिलेटर पाउने अस्पतालले प्रयोग गरे–नगरेको अनुगमन गर्ने र प्रयोग नगरेको पाईए आविश्कार केन्द्रले फिर्ता लाने गरी सम्झौता गरेर भेन्टिलेटर दिन तयारी थालिएको हो ।

OM Sai Pathibhara Hospital

केन्द्र मार्फत वितरण गरिने भेन्टिलेटर चलाउनका लागि स्वास्थ्यकर्मीलाई अमेरिका नेपाल मेडिकल फाउन्डेसनले तालिम दिने र भेन्टिलेटरमा आउने प्राविधीक समस्याको हल र मर्मत आविष्कार केन्द्रले  गर्ने छ ।

केन्द्रलाई सहयोग स्वरुप प्राप्त भएका भेन्टिलेटर वीर अस्पताल १० , सिभिल अस्पताल ५ वटा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५ , लुम्बिनी प्रादेशिक अस्पताल ५ , टीकापुर अस्पताल ५, मेची अस्पताल भद्रपुर ५ , नारायणी अस्पताल वीरगञ्जलाई ५ , पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ५ वटा र त्रिसुली अस्पतालाई ५ वटा दिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।