तनहुँ / तनहुँ जिल्लाका ग्रामीण भेगसम्म मास्क वितरण गर्ने अभियान बमोजिम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कोरोना महामारीमा मास्क अभियान सञ्चालन गरेका छन् । अभियान अन्तर्गत उनले शुक्रबार तनहुँका दश वटै पालिकाका तरुण समितिलाई ५० हजार थान मास्क वितरण गरीसकेका हुन् । 

चार नगरपालिका र छ गाउँपालिकाका तरुण समितिलाई पाँच÷पाँच हजारका दरले मास्क वितरण गरिएको छ । 

OM Sai Pathibhara Hospital

कोरोना नियन्त्रणका लागि मास्क प्रभावकारी रहेकाले हरेक व्यक्तिलाई मास्क पु¥याउने योजना रहेको पौडेलले बताएका छन् । साथै पौडेलले तरुण दलमार्फत् नै ऋषिङ, भिमाद र बन्दीपुरका लागि अक्सिजन कन्सनट्रेटर वितरण गरेका छन् । तरुण दल तनहुँ कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पौडेलले स्वास्थ्य सामग्री वितरण गरेका छन् । यसअघि पौडेलले पहिलो चरणमा तनहुँका अस्पताल र स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन् । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २/२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।