बिर्तामोड / कोरोना विरुद्ध हाल प्रयोग भईरहेका खोपहरु मध्ये भारतीय खोप कोवैक्सीनलाई अमेरिकाले आफ्नो मुलुकमा प्रयोगमा रोक लगाएको छ ।

अमेरिकाको औषधी नियामक एजेन्सी युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले भारतमा उत्पादित कोरोना विरुद्धको खोप कोवैक्सीनलाई प्रयोग गर्न नदिने निर्णय गरेको हो ।  

OM Sai Pathibhara Hospital

भारतीय खोप कोवैक्सीनलाई प्रयोग अनुमति दिन माग गर्दै खोप उत्पादक बायोटेकले सहायक कम्पनी अक्युजन मार्फत गत जुन १० तारिकमा भारत  निवेदन दिएको थियो । भारतीय खोप उत्पादक वायोटेकको निवेदनमाथि निर्णय गर्दै अमेरिकाले आपतकालिन प्रयोगको अनुमति दिन नसकिने निर्णय गरेको हो ।

भारतीय खोपलाई प्रयोगको अनुमति नदिने अमेरिकी सरकारको निर्णयका विषयमा भने भारत सरकारको कुनै औपचारिक प्रतिकृया आएको छैन ।