बिर्तामोड / देशभर थप २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।   ७ हजार ५ सय १७ पीसीआर र ४ हजार ८ सय ८९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार देशभर पिसिआरमा १ हजार ६९४ र एन्टीजेनमा ७१३ जनामा पोजिटिभ देखिएको हो।

OM Sai Pathibhara Hospital

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९ हजार १ सय ८५ पुगेको छ। 

गत २४ घण्टामा ३ हजार ९९४ जना संक्रमित निको भएका छन्। उक्त अवधिमा ४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।