वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा ३३ अर्ब २१ करोड बराबरका उत्पादन निर्यात भएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ६४ करोड मूल्य बराबरका उत्पादन निर्यात भएका थिए ।

वीरगञ्ज भन्सारका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार यस अवधिमा १७ अर्ब ३२ करोडको भटमासको तेल र दुई अर्ब ६० करोड बराबरको फलफूलको जुस निर्यात भएको छ ।