बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्।

९ हजार ५९८ जनाको आरटी(पीसीआर विधिबाट परीक्षण गरिएको थियो भने ५ हजार ५८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार ७०९ र एन्टीजेनबाट १ हजार ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालका पीसीआरबाट कोरोना संक्रमित हुनेको संख्या ६ लाख ४ हजार ३९६ पुगेको छ। यस्तै, एन्टीजेनबाट १८ हजार ७५५ जनामा कोरोना पहिचान भएको छ। 

OM Sai Pathibhara Hospital

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप ६७ जनाको मृत्यु भएको छ।  शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा थप ६७ जनाको मृत्यु भएको हो। 

यससँगै कोरोनाबाट अहिलेसम्म नेपालमा ८ हजार ३०५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।