बिर्तामोड / देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ८४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ। गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ४ ५ लाख २७ हजार १ सय ११ पुगेको छ। 

OM Sai Pathibhara Hospital

उक्त अवधिमा ६१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ।