स्वास्थ्य

    Showing 1,471-1,480 of 1,834 items.
  • चितवनमा २० सङ्क्रमितको मृत्यु

    चितवन / जिल्लाका अस्पतालमा उपचारका क्रममा २० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुने ६ जना चितवनका र अन्य बाहिरी जिल्लाका रहेका छन् ।स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा ७, चितवन मेडीकल कलेजमा ५, पुरानो मेडीकल कलेजमा ५ र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीन जना सङ्क्रमितको मृत्यु भएको हो । कोरोनाका कारण जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या यो अहिलेसम्मकै उच्च हो ।कार्यालयका अनुसार केही दिन अघि मात्रै एकै दिन  १८ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणका कारण यहाँका अस्पतालमा मकवानपुर, बारा, पर्सा, रौतहट, तनहुँ, धादिङ्, गोरखा, काठमाड

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 42 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ८ हज्जार एक सय ७३ जनामा संक्रमण पुष्टि, २ सय ४६ जनाको मृत्यु

    बिर्तामोड  / आज देशभर थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ४६ जना संक्रमितको मृत्यु भएको छ भने हालसम्म नेपालमा ५ हजार ६५७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।आज देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्। देशभर ८५४ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 307 पटक पढिएको
  • गौशालामा कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालन

    काठमाडौँ / स्थानीय गौशालामा ५१ शय्याको निःशुल्क कोभिड–१९ आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ ।  मारवाडी सेवा समितिले निर्माण गरेको  केन्द्रको उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज  शुभारम्भ गरे ।   केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवाका अध्यक्ष कैलाश गोयलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रं (सिसिएमसी)का संयोजक पोखरेललाई जानकारी गराए । सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले कोभिडविरुद्ध  सबैले मिलेर लड्नुपर्ने बताए । उनले भने, “ यो सरकार र राजनीतिक नेतृत्वको मात्र काम भनेर बुझ्नु हुँदैन, सरकारले अभिभावकको भूमिका खे

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 50 पटक पढिएको
  • रेमडिसिभिरको आयातमा लाग्ने सबै कर–महसुल छुट

    काठमाडौं / सरकारले कोरोना विरुद्धको उपचारमा प्रयोग भइरहेको रेमडिसिभिर औषधिको आयातमा लाग्ने सम्पूर्ण कर, महसुल तथा शूल्क पूर्ण रुपमा छूट गरेको छ ।अर्थ मन्त्रालयका अनुसार भन्सार उपशीर्षक ३००४.९०.९० मा पर्ने यो औषधिको आयातमा लाग्ने कर छूट दिइएको हो । आयातकर्ताले यो औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरि सर्वसुलभ रुपमा बिक्री वितरण गर्नुपर्नेछ ।यसरी भन्सार महसुल छूटमा आएका औषधि उद्देश्यअनुसार प्रयोग भए नभएको र प्रदान गरिएको राजस्व छूट अनुसार रकम उपभोक्ताले मूल्यमा समायोजन पाए नभएको अनुगमन भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाक्षिक रुपमा गर्ने व्यवस्था

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 105 पटक पढिएको
  • बाँकेमा एकै रातमा १७ जना सङ्क्रमितको मृत्यु

    राँझा / बाँकेका अस्पतालमा उपचाररत थप १७ जना कोरोना सङ्क्रमितको एकै रातमा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा गए रातिदेखि आज बिहानसम्ममा १७ जनाको मृत्यु भएको छ । उपचारका क्रममा मृत्यु हुनेमा आठ बाँके र नौजना बाहिरी जिल्लाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले बताए । यससँगै बाँकेमा कोरानाबाट २५४ र अन्य जिल्लाबाट यहाँ उपचार गराउन आउँदा २१० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति वलीले बताए ।

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 55 पटक पढिएको
  • गुर्जोसहित ४५ जडीबुटीको औषधि अभियानकर्मी द्धारा निःशुल्क वितरण

    काठमाडौँ / नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ । गत वर्ष नेपालमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोलगायत केही जडीबुटीबाट बनेको चिया र धुलो औषधि वितरण एवं घरघरमा गुर्जो रोपण अभियान चलाउँदै आएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोलगायत ४५ भन्दा बढी जडीबुटीबाट औषधि तयार पारी निःशुल्क वितरण अभियान शुरु गरेका हुन् । धुलो औषधिको आयुर्वेदाचार्य डा ऋषिराम कोइरालासँग सल्लाह लिएर तयार पारिएको हो । सय जनाभन्दा बढी नयाँ भेरियन्टसहितको को

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 114 पटक पढिएको
  • तत्काल खोप आपूर्ति गर्न सकिन्न : सिरम इन्स्टिच्युट

    काठमाडौं / भारतको सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटले तत्काल खोप आपूर्ति गर्न नसक्ने जनाएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै सन् २०२१ को अन्त्यदेखि मात्र खोपको आपूर्ति गर्न सक्ने बताएको हो । यससँगै नेपालले तत्काल ‘कोभिसिल्ड’ खोप पाउने सम्भावना टुटेको छ ।कोभिसिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले भारतीय सरकारसँगको छलफलपछि तत्काललाई विदेशमा खोप आपूर्ति हुन नसकेको जनाएको छ । सिरमका प्रमुख कार्यकारी अधिकृत अदार पुनेवालाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘यसवर्षको अन्त्यदेखि खोप आपूर्ति सुरु हुनसक्ने हाम्रो विश्वास छ ।’ साथै, सिरमले सिंगो विश्वलाई खोप लगाउनको लागि अझै २ दे

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 181 पटक पढिएको
  • कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा मुलुक यसरी लड्दैछ

    काठमाडौँ / विश्वभर फैलिएको कोरोना भाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ । यसका कारण देशले सोचेभन्दा बढी मानवीय क्षति व्यहोर्नुपरेको छ । देश विदेशको सहयोगका कारण अहिले सङ्क्रमितहरुका लागि अक्सिजनको अभाव विस्तारै टर्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयको यो जानकारीसँगै आगामी दिनमा कोभिड उपचार केही सहज हुने अपेक्षा गरिएको छ ।कोभिड १९ का कारण मङ्गलवारसम्म कोभिड सङ्क्रमणमा परेका तीन लाख ५२ हजार ४१४ मानिस निको भएका छन् । निको हुने दर ७४.६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयलको तथ

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 109 पटक पढिएको
  • एनआरएनए द्धारा प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान

    नवलपुर / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो । अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेल

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 73 पटक पढिएको
  • रुपन्देहीमा एक पत्रकार सहित सात संक्रमितकोको मृत्यु

    रुपन्देही / कोरोना सङ्क्रमणबाट एक पत्रकारसहित सातजनाको मृत्यु भएको छ । गए रातिदेखि बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको मृत्यु भएको हो । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा मृत्यु भएको छ । गत वैशाख २५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान मृत्यु भएको हो । चौधरी विगत १५ वर्षदेखि रेडियो लुम्बिनीमा आबद्ध थिए ।अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 72 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा